Rule 48
खर्चको शोधभर्ना
: नेपाल सरकार पेट्रोलियम कार्यमा हिस्सेदार बनेमा नेपाल सरकारले पेट्रोलियम कार्यमा हिस्सेदार बन्न खोजेको समय सम्ममा ठेकेदारले गरेको पेट्रोलियम खर्चमध्ये आफ्नो हिस्साको पेट्रोलियम खर्च बिना व्याज पेट्रालियम सम्झौतामा तोकिएको शर्त अनुसार ठेकेदारलाई सोधभर्ना गर्नेछ । तर ठेकेदारले तालीम तथा शिक्षाको लागि गरेको खर्च, नेपाल सरकारलाई तिरेको बोनस वा अन्य कुनै रकमको कुनै हिस्सा सोधभर्ना गर्नु पर्ने छैन ।